चिकित्सा शिक्षा आयोगले प्रकाशन गरेको पूर्व मनोनयन सूचीमा उजुरी

काठमाडौं । चिकित्सा शिक्षा आयोगले प्रकाशन गरेको स्नातक तहको छात्रवृत्ति तथा विदेशीतर्फको म्याचिङ सिटको पूर्व मनोनयन सूचीमा उजुरी परेको छ ।

आयोगले छात्रवृत्ति, आरक्षण तथा विदेशीतर्फको म्याचिङ हुने सिटमा पूर्व मनोनयन सूची सोमबार प्रकाशित गरेको थियो । आयोगले मंगलबार सूचना जारी गर्दै उक्त सूचीमा उजुरी परेकोले छानबिन गरिने र सूची परिवर्तन हुनसक्ने जनाएको छ ।

परीक्षा निर्देशनालयका उपसचिव दुर्गा कँडेलद्वारा जारी सूचनामा भनिएको छ, ‘पूर्व मनोनयनको सूची सम्बन्धमा उजुरीहरु पर्न आएका र ती उजुरीहरु उपर छानबिन भइरहेकाले पूर्व मनोनयनको सूचीमा छानबिन पश्चात परिवर्तन हुन सक्ने हुँदा आवेदकलाई आफ्नो मञ्जुरी स्वीकार वा अस्वीकार गर्ने अवसरसहित पुनः सूची प्रकाशन हुने जानकारी गराइन्छ ।’

३०,भाद्र.२०७८,बुधबार १६:५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्