काठमाडौं । पूर्व प्रधानन्यायधिश भएको मानिस जान जानी संविधान मिचेर प्रधानमन्त्री भएको भन्दै एमाले...

पुरा पढ्नुहाेस्

काठमाडौबाट ओखलढुंगा जादै गरेको बोलेरो मन्थलीमा भिरबाट खस्यौ, एक महिलासहित तीनको मृत्यु, एक बालक गम्भिर घाइते

4.08K
shares
khanepani bord

रामेछाप । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको जीप रामेछापको मन्थली नगरपालिका वडा नं १ कुनौरी, बोक्सेको भिरबाट बोलेरो खसेको छ । दुर्घटनामा एक महिला सहित तीन जनाको मृत्यु भएको छ । भने एक बालक गम्भीर घाइते भएका छन् ।

बिहीबार बिहान मन्थली नगरपालिका वडा नम्बर १ हात्तिसार कुमौरीस्थित जीप सडकबाट खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रीशंखर श्रेष्ठले जानकारी दिए।

प्रदेश नम्बर ३ -०१-०२३-च-३५१३ नम्बरको जीप सडकबाट ६-७ सय मिटर तल खसेको उनले बताए। घटनास्थलबाट एक जना बालकको उद्दार गरिएको छ।

ओखलढुंगा घर भएका अन्दाजी ३४-३५ वर्षीय लक्पा शेर्पा र उनकी श्रीमती फुरूबाको मृत्यु भएको छ। अर्का एक जनाको भने पहिचान नखुलेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

घाइते बालक अन्दाजी १२ वर्षीय पेम्बा शेर्पा छन्। उनी गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ।

उनको उपचारको लागि तामाकोशी अस्पताल लगिएको छ।

बोलेरो खुकोट मन्थली सडकखण्डको हात्तिटार बोक्से भिरबाट तामकोसी नदीमा खसेको छ ।काठमाडौबाट ओखलढुगा तर्फ जाँदै गरेको प्रदेश नम्बर
सामन बोक्ने बोलेरो दुर्घटना मा परेको हो ।

दुर्घटनामा ज्यान गुमाउनेहरुको अवस्था निकै भएनक प्रकारको भएको बताएको छ ।

मृतकहरुको कसेको टाउकै छैन । कसैको गिदी भुइमा छरिएको छ । दयानिय घर्टना भएकाृ छ काहाली लाग्दो छ, दुर्घटना स्थलबाट श्रेष्ठले जानकारी गराए ।

अहिले दुर्घटना स्थलमा प्रहरी स्थानीय र रामेछाप सहयोगी मन रासमको टोलि उद्रार गरि रहेको रासमका सदस्या बिपिनले बताए

khanepani