नेपाली बजारमा आज सुन तोलामा ७ सयले घट्यो
वि.सं.२०७८ भदौ ३१ बिहीवार १२:४२
shares

काठमाडौं । नेपाली बजारमा आज सुन तोलामा ७ सयले घटेको छ । छापावाल सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
हिजो छापावाल सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँ कायम थियो । आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार रहेको छ । यसैगरी, चाँदीको भाउमा आज कुनै परिवर्तन भएको छैन् । आज चाँदी प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

























