काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगले दुई...

पुरा पढ्नुहाेस्

माधव नेपाललाई अष्टलक्ष्मीको आग्रह, तपाईंले लिएको बाटो गलत छ, एमालेमा फर्किनुस्

4.32K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष तथा वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव नेपाललाई एमालेमै फर्किन आग्रह गरेकी छन् ।

काठमाडौंको जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शाक्यले आफूले लिएको विभाजनको बाटोको समीक्षा गर्न आग्रह गरेकी हुन् ।

केही दिनअघिसम्म माधव नेपालसँगै रहेकी शाक्यले भनिन्- ‘कमरेड माधव नेपालले लिएको बाटो सही छैन, किनभने यतिबेला फुटेको होइन जुटको राजनीति चाहिएको छ । सुदृढ एमालेको आवश्यकता छ । तपाईंले पनि बनाएको पार्टीमा फर्केर आउनुस्, सुदृढ एमाले बनाउन तपाईंका भूमिका आवश्यक छ । त्यो पंक्तिलाई अल्मल्याएर नराख्नुस् ।’

IME
khanepani