काठमाडौं । सधैँ आक्रामक र प्रत्यक्ष राजनीतिक भाषाशैलीका लागि परिचित नेकपा एमालेका अध्यक्ष केपी...

पुरा पढ्नुहाेस्

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सांकेतिक रुपमा चाडपर्व मनाउन अनुरोध

5.59K
shares
khanepani bord

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सांकेतिक रुपमा चाडपर्व मनाउन अनुरोध गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बिहीबार एक आदेश जारी गर्दै स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिक रुपमा चाड पर्व मनाउन अनुरोध गरेका हुन् ।

कोभिड–१९ को संक्रमणको जोखिम कायमै रहेको हुँदा अनावश्यक रुपमा मानिसहरु घरबाहिर निस्कने, जम्मा हुने, भीडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि नगर्न समेत प्रशासनले भनेको छ ।

प्रशासनको आदेश अनुसार स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजे र अपरान्ह ४ देखि ७ बजेसम्म गर्न पाइने छैन । यस्तै सार्वजनिक तथा निजी निर्माण कार्यका लागि निर्माण सामग्री ढुवानी राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ ।

आदेशमा भनिएको छ, ‘शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठन पाठन गर्न/गराउन नपाउने । गर्नैपर्ने भएमा स्थानीय तहहरुले विद्यालय सञ्चालन गर्नु पूर्व आ–आफ्नो पालिकास्तरमा कोभिड–१९ संक्रमणको अवस्था विश्लेषण गर्ने, विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सहचालक, क्यान्टिन सञ्चालक र सञ्चालक समितिका पदाधिकारीहरु सबैले अनिवार्य रुपमा खोप लगाउनुपर्ने छ ।’ यस्तै अभिभावक तथा सरोकारवाला समूहरुको छलफल र समन्वयमा स्थानीय तहमा विद्यालय सञ्चालनको विवरण तथा ढाँचा तयार गरी नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चालन गर्न सक्नेछन् ।

हेर्नुहोस् प्रशासनको आदेश :

IME
khanepani