प्रदेश १ प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशन आगामी असोज २२ गतेदेखि शुरु

विराटनगर । प्रदेश १ प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशन आगामी असोज २२ गतेदेखि शुरु हुने भएको छ ।

संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।

असोज २२ गते दिउँसो २ बजे उपस्थित हुन प्रदेशसभाका सबै सदस्यलाई जानकारी गराइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

यो पनि पढ्नुहोस  पर्सामा लागु औषधसहित २ जना पक्राउ
३१,भाद्र.२०७८,बिहीबार १८:३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: