शुक्रबार सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले घट्यो

काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले घटेको छ ।

बिहीबार ९० हजार पाँच सय रुपैयाँमा तोलामा खरिदबिक्री भएको छापावाल सुनको आजको मूल्य ८९ हजार एक सय रुपैयाँ छ ।

आज तेजावी सुनको कारोबार मूल्य ८८ हजार ६५० रुपैयाँमा झरेको छ । बिहीबार ९० हजार रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ । बिहीबार १२ सय रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ आज ११ सय ७० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो पनि पढ्नुहोस  छतबाट फोहर फाल्ने क्रममा खसेर एक महिलाकाे मृत्यु
१,आश्विन.२०७८,शुक्रबार १२:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: