गुल्मीमा अर्को आदेश नहुँदासम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय
वि.सं.२०७८ असोज १ शुक्रवार १३:४२
shares

गुल्मी । गुल्मीमा जारी निषेधाज्ञालाई निरन्तरता दिइएको छ । जारी निषेधाज्ञालाई अर्को आदेश नभएसम्म निरन्तरता दिने निर्णय भएको प्रशासनले जारी गरेको आदेशमा भनिएको छ ।
अनावश्यक रुपमा मानिसहरु भेला हुने, सभा, जुलुस, जात्रा, भोज भतेर, महोत्सव गर्न नपाइने जारी आदेशमा उल्लेख छ ।
यस अवधिमा पर्ने चाडपर्व, धार्मिक, सामाजिक सांस्कृतिक कृयाकलापहरु स्वास्थ्य मापदण्डको पालन गरी न्यूनतम सहभागितामा सांकेतिक रुपमा मात्र गर्न प्रशासनले अनुरोध गरेको छ ।



























