जोरपाटीबाट २० जना जुवाडेलाई रंगेहात पक्राउ

काठमाडौं । प्रहरीले जोरपाटीबाट २० जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ ।

गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीस्थित चामुण्डागेटमा रहेको तिव्वतियन क्याम्पभित्रको घरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा केही महिला पनि रहेका छन् ।

जुवा खेलेको सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले तेन्जिङ छोप्याक भन्ने धावा ढुण्डुपसहित २० जनालाई शुक्रबार राति ११ बजे नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरू तेन्जिङ छोप्याककै घरमा जुवा खेलेका थिए । उनीहरूको साथबाट चार लाख ७४ हजार ७५ रुपैयाँ नगद, बिस बुक तास, क्यासिनोमा प्रयोग हुने क्वाइन ४६४ थान, कौडा १०० थान बरामद गरेको प्रहरीले जनाएको छ ।

२,आश्विन.२०७८,शनिबार १३:३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्