ठगी मुद्दामा फरार अभियोगी १५ वर्षपछि पक्राउ

काठमाडौं । प्रहरीले ठगी मुद्दामा फरार एक जनालाई १५ ​वर्षपछि पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक जिल्ला अदालतले २०६३ साल भदौ २५ गते ठगी मुद्दामा तीन वर्ष चार महिना १२ दिन कैदसहित रू ८ लाख ५ हजार जरिवानाको फैसला सुनाएपछि विदुरराज गिरी फरार भएका थिए ।

फैसला कार्यान्वयनको शिलशिलामा शुक्रवार उनी पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार चौरीदेउराली गाउँपालिका वडा नं ६ स्थायी घर भएका ६८ बर्षीय गिरीलाई खोजतलास गर्दा काठमाडौ जिल्लाको बालाजुमा फेला पारी नियन्त्रणमा लिएर शुक्रवार धुलिखेल जिल्ला अदालतमा पेश गरिएको थियो ।

यो पनि पढ्नुहोस  विद्युत खपतमा वृद्धि, बिहारबाट महंगो बिजुलीको आयात बढ्यो
२,आश्विन.२०७८,शनिबार १३:४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: