चितवनमा पुरानो रिसिबीका कारण मदिरा सेवन गरी रडले हानेर छिमेकीको हत्या

चितवन । पूर्वी चितवनको राप्तीमा छिमेकीले रडले हानेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–९ शितलपानीका ५९ वर्षीय कान्छा लामा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार छिमेकी ५० वर्षीय दशरथ मल्लले शुक्रबार राति ९ः४५ बजे बाटोमा हिँडिरहेको अवस्थामा रड हानेर हत्या गरेका हुन् । प्रहरी उपरीक्षक ओम अधिकारीका अनुसार पुरानो रिसिबीका कारण मदिरा सेवन गरी हत्या गरेको बुझिन आएको छ ।

घटनापछि मल्ललाई पक्राउ गरेर ल्याउने क्रममा स्थानीयले ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाईफायर र अश्रुग्यास प्रहार गर्नुपरेको उनले जानकारी दिए ।

सोही क्रममा झडप हुँदा प्रहरी निरीक्षक रोशन खड्कासहित पाँच प्रहरी र दुई स्थानीयवासी घाइते भएको उनले जानकारी दिए । खड्काको आँखामा चोट लागेको छ भने अन्यको अवस्था सामान्य रहेको उनले बताए । राति नै अभियुक्त मल्ल र शव भरतपुर ल्याइएको छ ।

यो पनि पढ्नुहोस  बलात्कारका घटना ५० प्रतिशतले वृद्धि
२,आश्विन.२०७८,शनिबार १४:१९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: