युद्धबाट भाग्नेहरुलाई फेरि ल्याएर कमान्डर बनाउन सकिँदैन, माफी गर्नु हुँदैन : रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एमालेमा फर्किएका नेतालाई जिम्मेवारी दिन नसक्ने बताएकी छन् ।

शनिबार सिन्धुलीमा आयोजित कार्यक्रममा उनले युद्धबाट भाग्नेहरुलाई फेरि ल्याएर कमान्डर बनाउन नसक्ने बताएकी हुन् ।

‘युद्धबाट भाग्नेहरुलाई फेरि ल्याएर कमान्डर बनाउन सकिँदैन’ उनले भने, ‘युद्धबाट भागेका युद्ध अपराधीजस्तालाई किमार्थ माफी गर्नु हुँदैन । तर सरेन्डर गरे भने ढोका खोल्नुपर्छ । संसारमा युद्ध अपराधीलाई माफी दिएको तमाम इतिहास छ । त्यसैले ढोका बन्द गर्नुहुन्न ।’

नेतृ झाँक्रीले विचार समूहका हिसाबले धेरै समयमा कन्फ्युजनमा राखेका र पछि हरियो सापलेझैं डसेको बताइन् ।

विगतमा माधवकुमार नेपाल समूहमा रहेका नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृतकुमार बोहरा नेकपा एमालेमै फर्केका थिए ।

झाँक्रीले उनीहरुलाई भगौड जर्नेलको संज्ञा दिँदै कमान्डर मान्न नसकिने बताएकी हुन् ।

२,आश्विन.२०७८,शनिबार १४:५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्