प्रचण्ड र माधव गुटसँग अब तालमेल हुँदैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा प्रचण्ड र माधवकुमार नेपालको पार्टीसँग तालमेल नगर्ने प्रष्ट पारेका छन् । तर दुबैसँग रहेका नेताहरुलाई पार्टीमा भने ल्याउन सकिने उनले बताए ।

एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको पूर्ण बैठकलाई शनिबार सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले कतिपयले माधव कमरेड पार्टीमा आउनुस् भन्ने गरेको भन्दै आक्रोश पोखे । प्रचण्ड र माधवकुमार नेपाल दुबै कम्युनिस्ट नभएको भन्दै उनले भने, ‘माधव नेपाल गुटसँग केही हुँदैन ।’

प्रचण्ड र माधव नेपालको चर्को आलोचना गरेका उनले दुबै नेतालाई मधु-कैटवको संज्ञा दिएका छन् ।

५ सिट पनि नजित्ने माओवादी केन्द्रलाई तालमेल गरेर ३६ सिट जिताउँदाको परिणाम भोगिसकेको भन्दै उनले भने, ‘प्रचण्ड र माधव गुटसँग अब तालमेल हुँदैन ।’

प्रचण्ड र माधव नेपालले अलमलमा पारेकाहरुलाई पार्टीमा ल्याउनुपर्ने भन्दै ओलीले उनीहरुलाई आफ्नो शक्ति बनाउनुपर्ने धारणा राखे ।

२,आश्विन.२०७८,शनिबार १६:५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्