काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

अहिले देखा परेको नकारात्मक धार को को नेता गए, कोको नेताहरु चोइटिएर गए त्यो छोडिदिनुस् : ईश्वर पोखरेल

4.52K
shares
khanepani bord

काठमाडौं । नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेलले एमालेबाट चोइटिएर गएकाहरु समाप्त हुने टिप्पणी गरेका छन् ।

शनिवार नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेबाट चोइटिएर जानेहरुको भविष्य नभएको बताए । उनले एमालेको चरित्र विभाजन र विखण्डन नभइ एकताको पक्षपोषण गर्ने रहेको उल्लेख गर्दै विगतमा भएको विभाजन पनि नटिकेको बताए ।

विभाजनको भविष्य अन्धकार रहेको र विभाजन धेरै नटिकेर समाप्त हुने उनले बताए । उनले भने, ‘अहिले देखा परेको नकारात्मक धार को को नेता गए, कोको नेताहरु चोइटिएर गए त्यो छोडिदिनुस् । म एउटा कुरा भन्न चाहान्छु, त्यो नकारात्मक धार, विग्रहको धार, विभाजनको धार त्यो सकिनेछ समाप्त हुनेछ । त्यसको भविष्य छैन । त्यो अन्त्य हुनेछ भन्नेकुरा तपाईहरुलाई म भन्न चाहान्छु । किनभने हाम्रो एउटा चरित्र के भएको छ भने नेकपा(एमाले)ले बोकेको चरित्र भनेको एकताको पक्षपोषण गर्ने, विभाजन होइन, विखण्डन होइन, एकताको पक्षमा दृढतापूर्वक उभिने नेकपा(एमाले)को चरित्र हो । विभाजित भएर जानेहरू, चोइटिएर जानेहरु, ति रहने छैनन् । ति समाप्त हुनेछन् । हिजोदेखिका सबै कुराहरु हामी सम्झना गरौँ । विभाजन टिकेन । विभाजन थामिएन । विभाजनको भविष्य अन्धकार थियो । अहिले पनि अन्धकार छ । त्यो टिक्दैन । त्यो समाप्त हुन्छ भन्ने कुरा बुझ्नुपर्ने जरुरत छ । यो राष्ट्रिय आवश्यकतालाई वेवास्ता गरेर जुन एउटा गलत कर्म भएको छ, त्यसको अन्त हुनु स्वभाविक हो ।’

कार्यक्रममा बोल्दै एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले निजामती सेवामा भ्रष्टाचार मौलाएको भन्दै निजामती सेवा भित्र सुद्धीकरण आवश्यक रहेको बताए ।

IME
khanepani