काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय...

पुरा पढ्नुहाेस्

आफ्नै हजुरआमाको सुन लुट्न मार्ने नाति पक्राउ

6.98K
shares
khanepani bord

बझाङ । बझाङको दुर्गाथली गाउँपालिका–५ मा सुन लुट्न एक जना नातिले आफ्नै हजुरआमाको हत्या गरेका छन् । ८५ वर्षीया रिखीदेवी जप्रेलको हत्या गरेको आरोपमा उनकै नाति २३ वर्षीय सुवास जप्रेल पक्राउ परेका हुन् ।

रिखीदेवीको गत भदौ २७ गते बिहान ९ बजे हँसिया प्रहार गरी हत्या भएको थियो । प्रहरीका अनुसार शव फेला परेको घरनजिकै रहेको शौचालयमा पुरुषले लगाउने कपडा रगतले लतपतिएको अवस्थामा भेटिएको थियो । त्यसबारे सोधपुछ गर्दा सो कपडा मृतककै नाति सुवासको भन्ने खुलेको थियो । उनलाई दुर्गाथली गा.पा. वडा नं. ७ अन्तर्गत पर्ने लौवादेव डाँडामा भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

सुवासले प्रहरीसमक्ष हजुरआमाको हत्या गरेको स्वीकार गर्नुका साथै कानमा रहेको सुनको २ वटा मुन्द्रा र नाकमा रहेको सुनकै फुली लुटेर सोही दिन बिक्री गरेको पनि स्वीकार जिल्ला प्रहरी कार्यालयका डिएसपी रूपक खड्काले बताए । उनले सोही साँझ ७ बजेको समयमा पुनः घटनास्थलमा गई लासलाई घरभित्रबाट ल्याएर खाडलमा पुरेको पनि बयान दिएको खड्काको भनाइ छ ।

सुवासविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी भदौ ३१ गतेबाट लागु हुने गरी अदालतबाट दिन सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

IME
khanepani