आन्तरीक उडानमा विद्युतीय एयरकण्डिसन बस प्रयोग गर्ने पहिलो एयरलान्स गुण

काठमाडौं । गुण एयरलाइन्सले असोज १ गते देखि नियमित उडान सुरु गरेको छ । गुणको पहिलो उडान काठमाण्डौ — भरतपुर — काठमाण्डौ र दोस्रो उडान काठमाण्डौ — पोखरा — काठमाण्डौ भएको छ ।

सन् २००९ मा स्थापना भएको गुण एयरलाइन्स फेरी आफ्नै ब्रण्डको नाम गुण एयलाइन्स बाट संचालन भएको हो । यस एसरलाइन्सले अमेरीकन बिचक्राफ्ट १८ सिट क्षमताको दुई वटा जहाज बाट उडान सुरु गरेको र कम्पनीले अग्रिम टिकट बुङ्किक समेत सुरु गरेर नियमित उडान थालेको हो । व्रितिस जहाज ३० सिट क्षमाताको ५ वटा जेटस्ट्रिम हालै मात्र खरीद गरीएको र उडान अनुमतीको प्रक्या अन्तिम चरणमा रहेको र अनुमती प्राप्त हुना साथ भद्रपुर, विरातनगर, जनकपुर, सिमरा, भैरहवा, तुम्लिङ्कतार र नेपालगञ्जमा उडान सुर गरीने छ ।

हाल कम्पनीसग सात वटा जहाज छन् । आन्तरीक उडानमा विद्युतीय एयरकण्डिसन बस प्रयोग गर्ने पहिलो एयरलान्सको रुपमा गुण एयरलाइन्स पहिलो बनेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई वातावरण अनुकुल बनाउने उदेश्यका साथ यात्रु ओसार प्रसारका लागि दुई वटा विद्युतीय बस सचालनमा ल्याएको गुण एयरलाइन्सले जनाएको छ ।

३,आश्विन.२०७८,आईतवार १७:२२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्