काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

बलात्कार उजुरीको धम्की दिएर ५० लाख रुपैयाँ माग गरेको आरोपमा तीन महिला पक्राउ

5.54K
shares
khanepani bord

काठमाडौं । दाङमा बलात्कारको उजुरी दिन्छु भनेर धम्की दिई एक पुरुषसँग ५० लाख रुपैयाँ माग गरेको आरोपमा तीन महिला पक्राउ परेका छन् ।
प्रहरीले घोराही उपमहानगरपालिका–१५ की ३२ वर्षकी सीतादेवी थापा, ३५ वर्षकी खुमा वली र ३२ वर्षकी सुष्मा परियारलाई पक्राउ गरेको छ ।

गत शुक्रबार पक्राउ परेका उनीहरुविरुद्ध आपराधिक लाभसम्बन्धी अपराधमा अनुसन्धान सुरु गरेको दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्द रिजालले जानकारी दिए ।

यस्तो छ घटना विवरण

गत असार ६ गते दाङको घोराहीमा भद्रबहादुर जैसी (परिवर्तित नाम) लाई सीतादेवी थापाले फोन गरेर ‘मेरो घरायसी विषयको मुद्दा छ, तपाईं कानुनको बारेमा जानेको मान्छे’ भनी सल्लाह गर्न बोलाउँछिन् । त्यसपछि जैसीले घोराही उपमहानगरपालिका–१५ को कोहिनुर रेष्टुरेन्टमा घोराही नगरपालिका–१५ कि थापा र खुमा वलीलाई भेट्छन् ।

रेष्टुरेन्टको क्याबिन कोठामा मुद्दाको बारेमा कुराकानी गरेपछि घर फर्किने बेलामा थापा कोठाको खाटमा पल्टिएको र पैसा तिरिसक्दा पनि तल नझरेपछि जैसीले बोलाउन जाँदा गालीगलौच गरेर ‘मेरो इज्जतमा हात हाल्ने अब म छोड्दिन जबर्जस्ती करणीमा मुद्दा हाल्छु’ भनी वादविवाद भएको प्रहरीले बताएको छ ।

प्रहरी प्रवक्ता रिजालका अनुसार असार ७ गते खुमा वलीले फोन गरी ‘सीतादेवीका ठूलावडा मान्छे छन्, मुद्दा दर्ता गर्ने कुरो गर्दैछिन् के गर्ने, हामी मिलाउँछौं, प्रहरी कार्यालयमा यो कुरा पुग्न दिँदैनौं केही पैसा तपाईंले दिनुपर्छ आउनुस् छलफल गरौं’ भनेर जैसीलाई बोलाउँछन् ।

त्यसपछि उनीहरुले सागर एण्ड सुनील रेष्टुरेन्ट तथा लजमा भेट गर्छन् । ‘त्यस क्रममा उनीहरुले यो कुरा छिटो मिलाउनुपर्‍यो नत्र प्रहरीमा उजुरी हाल्छौं भनेर डर धाक धम्की दिई ५० लाख रुपैयाँ माग्छन् । त्यति रकम छैन भन्दा मुद्दा नहाली छाड्दै छाड्दैनौं भनेर १ लाख रुपैयाँ र १७ लाख रुपैयाँको चेक लिएको भनी पीडित जैसीले प्रहरीमा उजुरी दिए । पीडित पुरुषको नाम प्रहरीले गोप्य राखेको छ ।

पीडितको उजुरीका आधारमा प्रहरीले थापाको कोठामा खानतलासी गर्दा १७ लाख रुपैयाँको चेक भेटेको छ भने नगद १ लाख भने ब्याजमा लगाइसकेको पाइएको प्रहरी प्रवक्ता रिजालले बताए ।

IME
khanepani