काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

विश्व बैंकले हरेक वर्ष प्रकाशित गर्ने ‘डुइङ विजनेश रिपोर्ट’ अब प्रकाशित नहुने

5.45K
shares
khanepani bord

काठमाडौं । विश्व बैंकले हरेक वर्ष प्रकाशित गर्ने ‘डुइङ विजनेश रिपोर्ट’ अब प्रकाशनमा नआउने भएको छ । विश्वका धेरै मुलुकले यो प्रतिवेदनको विरोध गर्दै आएका थिए । शुक्रबार विश्व बैंकले एक विज्ञप्तिमार्फत यस्तो प्रतिवेदन अब ननिकाल्ने निर्णय भएको जानकारी गराएको हो । तथ्यांक उपलब्ध हुने मुलुकलाई समेटेर ती देशको आर्थिक तथा व्यावसायिक सूचकसहितको प्रतिवेदन वार्षिक रुपमा प्रकाशनमा आउने गरेको थियो । विदेशी लगानीकर्ताका लागि डुइङ विजनेश महत्वपूर्ण डकुमेन्टका रुपमा रहेको थियो । तर, प्रतिवेदनमाथि विभिन्न मुलुकले प्रश्न उठाएका थिए ।

यसरी प्रश्न उठाउने मुलुकमा नेपाल पनि एक थियो । तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले डुइङ विजेनश रिपोर्ट २०१८ र २०१९ मा असहमति जनाएका थिए । कर तिर्ने प्रकृयाका विषयमा विश्व बैंकले उठाएको प्रश्नमा नेपालको असहमति रहेको थियो । त्यसपछि विश्व बैंकले एक विज्ञ समूह नै नेपाल पठाएको थियो । शुक्रबार विश्व बैंकले डुइङ बिजनेससँग सम्बन्धित सम्पूर्ण सूचना, विगतका समीक्षा, लेखापरीक्षणका आधारमा विश्व बैंक समूह व्यवस्थापनले यस्तो निर्णय गरेको उल्लेख गरेको छ ।

विश्व बैंकले आफ्नो प्रतिवेदनमाथि निरन्तर प्रश्न उठेपछि आन्तरिक रिभ्यू गरेको थियो । सो क्रममा तथ्यांक तोडमोड हुने गरेका खुलासा भएसँगै प्रतिवेदन नै ननिकाल्ने निष्कर्षमा विश्व बैंक पुगेको हो । बैंकले आफ्नो प्रतिवेदनको शृङ्खलाबद्ध समीक्षा र प्रयुक्त विधिको परीक्षणसमेत शुरु गरेको उल्लेख गरेको छ । आन्तरिक अनुसन्धानबाट बोर्डका पूर्वअधिकृत तथा कर्मचारीमाथि समेत नैतिक प्रश्न उठेको छ ।

विश्व बैंकले प्रतिवेदन नआएपनि विकास र सरकारलाई नीतिगत वातावरण निर्माणमा निजी क्षेत्रको भूमिका बढाउन विश्व बैंक दृढ रहेको जनाएको छ । आगामी दिनमा व्यवसाय र लगानीको वातावरण पहिचान गर्न फरक किसिमले काम अगाडि बढाउने बैङ्कको भनाइ छ ।

IME
khanepani