काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

4.77K
shares
khanepani bord

काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीकाअनुसार बाँके र दाङका गरी दुई जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

उनका अनुसार बाँकेको खजुरा गाउँपालिका–४ की ७५ वर्षीया महिलाको आइतबार राति ७ः२० बजे मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनी भदौ २८ गते अस्पतालमा भर्ना भएकी थिइन् । अस्पतालमा भर्ना भएको भोलिपल्ट उनीमा संक्रमण पुष्टि भएको थियो ।

यस्तै दाङको तुलसीपुर उपमहानगरपालिक ७ का ८२ वर्षीय वृद्धको उपचारको क्रममा आइतबार राति ७ः३० बजे मृत्यु भएको उनले बताए । उनीमा भदौ १८ गते संक्रमण पुष्टि भएको थियो ।

IME
khanepani