काठमाडौं । सधैँ आक्रामक र प्रत्यक्ष राजनीतिक भाषाशैलीका लागि परिचित नेकपा एमालेका अध्यक्ष केपी...

पुरा पढ्नुहाेस्

बाँकेमा भएका दुई घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग गर्दै, नेपालगञ्जदेखि काठमाडौंसम्मको पैदलयात्रामा निस्किएको टोली आइपुगे दाङमा

4.39K
shares
khanepani bord

काठमाडौं । बाँकेमा भएका दुई घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग गर्दै नेपालगञ्जदेखि काठमाडौंसम्मको पैदलयात्रामा निस्किएको टोली दाङ आइपुगेको छ ।

न्यायको माग गर्दै पीडित परिवार र अधिकारकर्मीहरुको १३ जनाको टोली असोज १ गतेदेखि नेपागञ्जदेखि काठमाडौंसम्मको पैदलयात्रामा निस्किएको हो ।

गत साउन ६ गते जानकी गाउँपालिका–२ नेवाजीकी नन्कुन्नी धोबीको रहस्यमय मृत्यु र गत वर्षदेखि हराइरहेकी नेपालगञ्ज परस्पुरकी निर्मला कुर्मीको अवस्थाबारे प्रहरीले खोजबिन नगरेको भन्दै उनीहरुले पैदलयात्रा शुरु गरेका हुन् ।

मृतकका आफन्त र राष्ट्रिय महिला अधिकार मञ्च बाँके इन्चार्ज रुबी खान लगायतले १९ दिनसम्म जिल्ला प्रशासन कार्यालय बाँकेमा धर्ना दिएका थिए । निरन्तरको धर्ना र दबाबका बाबजुद पनि घटनाको छानबिनका लागि प्रहरीले सक्रियता देखाएपछि दबाब स्वरुप पैदलयात्रा गरेको राष्ट्रिय महिला अधिकार मञ्च बाँके इन्चार्ज रुबी खानले बताइन् ।

‘महिलाको हत्या, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान गरी मार्नेहरु होशियार, मौन बस्ने सरकार खबरदार’ नारासहित उनीहरु पैदलयात्रामा सहभागी छन् ।

उनीहरुले बुटवलस्थित लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा तीन दिनदेखि ५ दिनसम्म धर्ना दिने र काठमाडौं आएपछि प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको खानले बताइन् ।

IME
khanepani