काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन...

पुरा पढ्नुहाेस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कार्यकर्तालाई सम्बोधन गर्न आज नेपालगन्ज जाँदै

4.15K
shares
khanepani bord

रूपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज नेपालगन्ज जाँदैछन् । बाँके र बर्दिया जिल्लाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्ष ओली नेपालगन्ज जान लागेका हुन् ।

नेपालगन्जको तारे होटल सिद्धार्थ भ्यूमा राखिएको अगुवा कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा भएको एमाले बाँके जिल्ला कमिटीका उपाध्यक्ष किस्मत कुमार कक्षपतीले जानकारी दिए ।

भेलालाई अध्यक्ष ओलीसहित लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल, लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष लिला गिरी लगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

भदौ ३० गते प्रदेशको मुकाम बुटवलमा खुल्ला चौरमा अगुवा कार्यकर्ता भेला राखिए पनि बाँकेमा भने तारे होटलमा कार्यक्रम राखिएको छ । लुम्बिनी प्रदेशमा पार्टी विभाजनपछि ओलीको दोस्रो कार्यक्रम हो ।

IME
khanepani