काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि सबैभन्दा बढी प्रतिस्पर्धाको पद सचिव हुने...

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र छलफल नै नगरी मन्त्री नियुक्त गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलको असन्तुष्टि

4.03K
shares
khanepani bord

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र छलफल नै नगरी मन्त्री नियुक्त गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्टि जनाएका छन् । उनले पार्टीमा छलफलपछि मात्रै सरकारमा सहभागी हुने मन्त्रीको नाम तय गर्नुपर्ने बताए ।

नेता पौडेलले मन्त्री नियुक्तिमा प्रधानमन्त्री देउवाले एकलौटी गर्न खोजेको भन्दै आफूपक्षीय नेताहरुको बैठक बोलाएका छन् । बैठक महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा बुधबार दिउँसो बस्ने छ ।

पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गरेका छन् ।

मंगलबार सत्तारुढ दलहरुको बैठकले परराष्ट्रमन्त्रीमा कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. खड्कालाई नियुक्त गर्ने निर्णय गरेको थियो । तर कांग्रेस वरिष्ठ नेता पौडेलले भने मन्त्री नियुक्तिका विषयमा पार्टीभित्र छलफल हुनुपर्ने माग गरेका थिए ।

कांग्रेसबाट परराष्ट्रमन्त्री खड्कासहित चार जना मन्त्री नियुक्त भएका छन् । २९ असारमा प्रधानमन्त्री देउवासँगै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र गृहमन्त्री बालकृष्ण खाँण नियुक्त भएका थिए भने त्यसको एक सातापछि स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका थिए ।

२५ सदस्यीय मन्त्रिमण्डलमा अझै १६ मन्त्रालय प्रधानमन्त्री मातहत छन् । प्रधानमन्त्री नियुक्त भएको ७० दिन पुग्दा पनि मन्त्रिमण्डलले पूर्णता नपाएको भन्दै देउवाको आलोचना हुँदै आएको छ ।

khanepani