जनकपुरधाम । मधेश प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरको कार्यकक्षमा थुनिएका सात राजनीतिक दलका सांसदहरू...

पुरा पढ्नुहाेस्

दोश्रो लकडाउन पछि रोकिएको यति एअरलाइन्सको पर्वतीय उडान असोज १० गते देखि पुन: शुरु

3.99K
shares
khanepani bord

काठमाडौं । दोश्रो लकडाउन पछि रोकिएको यति एअरलाइन्सको पर्वतीय उडान असोज १० गते देखि पुन सुचारु हुने भएको छ । हालका लागि प्रत्येक आइतबार एक उडान गर्ने गरि बुकिङ खुल्ला गरिएको हो ।

मौसममा केही सुधार हुने संकेत देखिएको र पर्वतीय उडानका लागि सेप्टेम्बर मार्च महिना उपयुक्त मानिने भएकोले उडान सुचारु गर्न लागिएको यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।

प्रत्येक आइतबारका लागि एटीआर ७२ विमान मार्फत एउटा पर्वतीय उडान हुने गरि तालिका तय गरिएको र यात्रुहरुको माग बमोजिम बिस्तारै उडान संख्या थप गर्दै जाने प्रवक्ता बर्तौलाले बताए ।

हालका लागि नेपाली तथा भारतीय नागरिकका लागि सगरमाथाको उचाई बराबरको ८ हजार ८४८ आकर्षक भाडादरमा पर्वतीय उडानको टिकट खरिद गर्न पाइने छ ।

आवासीय बिदेशी नागरिकका लागि भने १३ हजार दुई सय ७५ भाडादर कायम गरिएको बर्तौलाले जानकारी दिए । पहिलो लकडाउन पछि खुलेको पर्वतीय उडानमा पनि यतीले यहि भाडा दरमा उडान भरेको थियो । नेपाली यात्रुहरू तथा आवासीय बिदेशी नागरिककालागी छुट्टाछुट्टै प्यागेज ल्याएको यतीले २ वटा टिकटका लागि क्रमशः ९ हजार ८ सय ४८ र १४ हजार सात सय पचहत्तर भाडादर तोकेको छ ।

यो टिकट खरिद गर्दा भने यात्रुहरुले एउटा झ्याल भएको र अर्को संगैको झ्याल नभएको सिट प्राप्त गर्नेछ्न । पर्वतीय उडानका टिकटहरु नजिकको ट्राभल एजेन्सी , यतीको मोबाइल एप्स र अनलाइन मार्फत खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

khanepani