काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्काले आफ्नो अमेरिका भ्रमणमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्राथमिकतामा नरहने बताएका छन् ।
बुधबार मात्र परराष्ट्रमन्त्री नियुक्त भएका खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन साँझ न्यूयोर्क जाँदैछन् । उनले राष्ट्रसंघ महासभामा भाग लिनुका साथै साइडलाइन मिटिङका क्रममा सार्क देशका परराष्ट्रमन्त्रीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
तर भ्रमणको एजेण्डामा एमसीसी प्राथमिकताको एजेण्डा नभएको बताए । उनले भने, ‘राष्ट्रसंघ महासभामा भाग लिन जान लागेको हुँ, एमसीसी प्राथमिकता लिस्टमा छैन ।’
प्रतिक्रिया दिनुहोस्