विद्यार्थी संगठन अखिल क्रान्तिकारी को २२ औं राष्ट्रिय सम्मेलन पोखरामा सुरु

पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन पोखरामा सुरु भएको छ ।

पोखरा चिप्लेढुंगा मानव अधिकार चोक सडकमै अखिलले सम्मेलन सुरु गरेको हो । सम्मेलनको उद्घाटन महासचिव विप्लवले गरेका हुन् ।

बाटोमै सम्मेलन गरिएकाले सवारी साधन चल्न सकेका छैनन् । पोखरा सिद्धार्थचोकदेखि चिप्लेढुंगा क्षेत्रको बाटोमा आउजाउ गर्ने सवारी साधनलाई अखिल कार्यकर्ताले प्रवेश दिएका छैनन् । सडकका दुबैतिरबाट अखिल कार्यकर्ता खटिएर सवारी साधन फर्काइरहेकाछन् ।

पोखरा महानगरको फोहोर उठाउने गाडीसमेत रोकेपछि ट्राफिक प्रहरी खटिएर सहजीकरण गर्नुपरेको थियो ।

६,आश्विन.२०७८,बुधबार १६:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्