काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन शाहले पार्टी...

पुरा पढ्नुहाेस्

स्वास्थ्य मन्त्रालयले मुलुकभित्रै कोरोना भाइरसको नयाँ भेरिएन्ट आउने जोखिम रहेको भन्दै सतर्क हुन नागरिकलाई गरे आग्रह

5.29K
shares
khanepani bord

काठमाडौं । स्वास्थ्य मन्त्रालयले मुलुकभित्रै कोरोनाभाइरसको नयाँ भेरिएन्ट आउने जोखिम रहेको भन्दै सतर्क हुन नागरिकलाई आग्रह गरेको छ ।

मन्त्रालयद्वारा आज आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्णप्रसाद पौडेलले नयाँ भेरिएन्ट बन्ने जोखिम देखिएकाले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरे ।

दोस्रो लहरअघि अल्फा भेरिएन्ट र दोस्रो लहरमा डेल्टा प्रजाति देखिएको भन्दै उनले मुलुकभित्रै नयाँ भेरिएन्ट बन्ने जोखिम देखिएको बताएका हुन् । ‘नयाँ भेरिएन्ट आउने जोखिम कायमै छ’ उनले भने ।

दशैंतिहार जस्ता ठूला चाडपर्व नजिकिँदै गरेको बेला आवागमन र भीडभाड बढ्न सक्ने भन्दै भेरिएन्ट आउन सक्ने कुरा औंल्याएका हुन् । ‘भेरिएन्ट अफ कन्सर्न नभएका तर, ध्यान दिनुपर्ने चाहिँ नयाँ भेरिएन्टतर्फ हो’ उनले भने ।

बुधबार मुलुकमा १४ सय संक्रमित थपिएका छन् र दैनिक संक्रमण दर ११ प्रतिशत छ ।

IME
khanepani