केयूकेएल कर्मचारीहरुका माग बोर्डद्धारा संबोधन, भ्रष्टाचार रोक्न युनियनलाई बोर्डको दवाव

काठमाडौं । राजनिति दलमा खुलेरै पदासिन काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का कर्मचारीहरुद्धारा संचालित आन्दोलन संकटमा पर्दै गएको छ । करिब दुइ हप्ता लामो आन्दोलनका विषयमा युनियनका नेताहरु र व्यवस्थापन वीच पटक पटक वार्ता भएपनि ठोस निष्र्कष भने निस्कन सकेको छैन ।

कर्मचारी युनियनका नेताहरु संस्थाको सुधारभन्दा पनि दलका झोला र झण्डा प्रति बढी आर्कशित देखिएका छन । केयूकेएलका कर्मचारीहरु कोहि कुन दलको वडा अध्यक्ष त कोहि कुन दलको क्षेत्रिय प्रतिनिधि भएका फोटाहरु सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेकै छन । यसले पनि के अनुमान लगाउन सकिन्छ, भने संस्थालाई दलहरुको क्रिडा स्थल बनाए र लुटको खेति फस्टाउन युनियनकै नेताहरु बढी भागिदार छन भन्दा अतियुक्ती नहोला । युनियनका नेताहरुका आसेपासेहरुले नै यहाँ अधिकतम फाइदा लिएका हजारौ उदाहरणहरु केयूकेएलमा देख्न सकिन्छ । उनीहरुका अभिष्ट पुरा नभएपछि आन्दोनलको धम्की दिने र व्यवस्थापनलाई जायन नाजाय मागहरुमा फसाउने यहाँको पुरानै कार्यशैली हो र आज पनि यहि भएको छ ।
युनियनका नेताहरुलाई राजसि सम्मान दिए मात्र केयुकेएलको सिइओ टिकिरहने नदिए फालिहालौ भन्ने यो अनौठो कार्यशैलिले केयूकेएल कति समय बाचिरहन सक्ला स्वयं युनियनका नेताहरुलाई पनि थाहा नहोला ?
युनियनका नेताहरुको कार्यशैली, आफै व्यवस्थापक र आफै युनियन भन्ने दोधारे नितिका कारण जायज कर्मचारीहरुका माग समेत ओझेलमा पर्न थालेका छन ।
युनियनका नेताहरुले बोर्डसँग गएर सिइओलाई हटाउनु पर्ने माग राख्ने र सिइओसँग बसेर बोर्डका अध्यक्ष सदस्य हटाउनु पर्ने कुरा गर्ने, दोहोरो कार्यशैलीले पनि थप समस्था पैदा गराएको देखिन्छ ? यो कर्मचारी नेताहरु लागि यस्ता कुरा गरिरहेका छन, भन्ने प्रश्न पनि सरोकारवालाहरुले उठाउन थालेका छन ।
केयूकेएलका कर्मचारीहरुले उठाउदै आएका मागलाई केयुकेएल बोर्डको हिजोको बैठकले ग्रहण गरेको र यसलाई सरोकारवालहरु वीच छलफल गर्दै पुरा गराउने तर्फ पहलकदमी लिएको केयुकेएल बोर्ड स्रोतले बताएको छ । आजै युनियनका नेताहरुलाई बोर्डले लिएको पहलका बिषयमा केयुकेएलका सिइओले जानकारी दिने कार्यक्रम रहेको एक वोर्ड सदस्यले जानकारी दिएका छन ।

कर्मचारीहरुका माग पुरा गराउन कर्मचारीहरुले नै स्रोतको सुनिश्चता गराउनु पर्नेमा पनि बोर्डको जोड रहेको छ । यदि कर्मचारीहरुका सबै सरोकारवालाहरुसँग छलफल नै गरिकन पुरा गराउदा सस्था नै धारासाहि भए जिम्मेदार को भन्ने प्रश्न समेत बोर्ड सदस्यले उठाएका छन ।
केयूकेएलका युनियन, बोर्ड सदस्यहरु र व्यवस्थापनका पदाधिकारीहरुले छलफल र सहमतिबाट समस्या समाधान गर्नु पर्नेमा सरोकारवालाहरुको जोड रहेको छ । केयूकेएलको भ्रष्टाचारलाई न्युनिकरण गर्दै सिइओले आफ्नो अधिकार पुर्णरुपमा प्रयोग गर्दै अगाडि नबढी समस्या थुपारी रहने हो भने केयूकेएल थप संकटको झुमरीमा नफस्ला भन्न सकिदैन ?

७,आश्विन.२०७८,बिहीबार ०८:४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्