चितवनमा कोरोना भाइरस विरुद्धको पूर्ण खोप १ लाख ४९ हजार ७ सय १९ जनाले लगाए

चितवन । चितवनमा कोरोना भाइरस विरुद्धको पूर्ण खोप १ लाख ४९ हजार ७ सय १९ जनाले लगाएका छन् ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले दिएको जानकारी अनुसार हालसम्म जिल्लामा कोभिसिल्ड ३४ हजार ८ सय ७५, भेरोसिल ७६ हजार २ सय ७६, जान्सेन ३८ हजार ५ सय ६८ जनाले खोपको पूर्ण मात्रा लगाएका हुन् ।

जिल्लामा हालसम्म २ लाख ६८ हजारले ८ सय ४५ जनाले कोरोना खोपको पहिलो डोज लगाएका छन् । अहिले पनि भेरोसिल खोपको पहिलो डोज लगाउने काम चलिरहेको स्वास्थ्य कार्यालय प्रमुख तिवारीले बताए ।

चितवनका सातै पालिकामा असोज ५ गतेदेखि ३५ वर्षमाथिका सबैलाई भेरोसिल खोप लगाउने क्रम चलिरहेको छ । जिल्लामा पछिल्लोपटक एक लाख १० हजार डोज भेरोसिल खोप आएको छ ।

त्यो मध्ये असोज ६ गतेसम्म ३१ हजार ६ सय ७६ जनालाई खोप बुधवारसम्म लगाइसकिएको छ। बिहीबार आज र शुक्रवार भोली पनि खोप लगाइने स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए। जिल्लाका सात बटै स्थानीय तहका स्वास्थ्य केन्द्रबाट खोप लगाउने काम भैरहेको छ ।

१८ वर्षमाथिका विद्यार्थीलाई पनि यो खोप लगाइएको छ । यसपटक आएको एक लाख १० हजार खोपमध्ये ६५ हजार खोप दोस्रो मात्रा दिन बाँकी रहेकाहरुलाई पनि दिइनेछ । दोस्रो मात्रा असोज १४ गतेदेखि शुरु हुनेछ ।

चितवनमा कोरोना भाइरस संक्रमण हुने संख्या २५ हजार ६ सय ५१ छ । संक्रमणको दर घट्दै गएको छ ।

संक्रिय संक्रमितको संख्या ५ सय ७९ छ। जिल्लामा कोरोना संक्रमणबाट ४ सय १२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

७,आश्विन.२०७८,बिहीबार १२:३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्