जनकपुरधाम । मधेश प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरको कार्यकक्षमा थुनिएका सात राजनीतिक दलका सांसदहरू...

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने सरकारको योजना

3.84K
shares
khanepani bord

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने सरकारको योजना रहेको बताएका छन् ।

बिहीबार हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उनले महामारी प्राकृतिक कुरा भएको यसको नियन्त्रणका लागि सरकारले आफ्नो तर्फबाट काम गरिरहेको बताए । कोरोना भाइरसको खतरनाक रुप नेपालमा आइसके पनि कतिपय मानिसलाई यसबारे जानकारी समेत नभएकोमा उनले चिन्ता व्यक्त गरे ।

अर्को प्रसंगमा प्रधानमन्त्री देउवाले नेपालको पत्रकारिता जगतलाई सुरक्षित गर्दै थप विकसित र व्यावसायिक बनाउन सरकारले आवश्यक सहयोग गर्ने बताए । उनले नेपालमा प्रेस स्वतन्त्रता रहेको भन्दै सम्पूर्ण सञ्चारमाध्यम खोजमूलक र सत्यतथ्यमा आधारित भएर स्वतन्त्र रहनुपर्ने सरकारको चाहना रहेको धारणा राखे ।

२०६३ साल असोज ७ गते ताप्लेजुङको घुन्सामा कञ्चनजंगा संरक्षण क्षेत्र आयोजनाको व्यवस्थापन स्थानीय समुदायलाई हस्तान्तरण गरी फर्किने क्रममा तत्कालीन वन तथा भू संरक्षणमन्त्री गोपाल राईसहित २४ जनाको बाक्लो हुस्सुका कारण हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । जसमा नेपाल टेलिभिजनका पत्रकारद्वय हेम र सुनिलको निधन भएको थियो ।

त्यसयता हरेक वर्ष असोज ७ गतेका दिन नेपाल टेलिभिजनले हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण गर्दै आएको छ । यस वर्षको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका कपिलवस्तु जिल्ला संवाददाता वासुदेव बर्माले प्राप्त गरेका छन् ।

khanepani