काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता भएका...

पुरा पढ्नुहाेस्

त्रिशूलीमा खस्यो कार एक घाइते, तीन बेपत्ता

5.29K
shares
khanepani bord

चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ नाग्दी खोलास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा कार खस्दा एक जना घाइते भएका छन्। अन्य तीन जना बेपत्ता छन्।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग २ च ४९१८ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल त्रिशूली नदीमा खसेको थियो।

गए राति करिब पौने १२ बजे कार दुर्घटनाको खबर आएपछि खोजी कार्य सुरु गरेको भए पनि तीन जना अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

कारमा सवार पोखरा १७ वस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी घाइते छन्। उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

कारसहित चालक पोखरा १७ कै प्रेमबहादुर भुजेल, सोही ठाउँका लेखबहादुर भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल बेपत्ता रहेको प्रहरीले जनाएको छ।

khanepani