जीवन निर्वाहका लागि पानी आवश्यक चीज हो । यहि पानीमा जीव र र्निजीबहरुको जीवन देख्न सकिन्छ । यहि पानी नभए पृथ्बीमा कुनै सजीब र र्निजीब बस्तु बाच्ने कल्पना गर्न सकिदैन ।
हिजो खोला, नाला, कुवा, जमिनमुनीको पानी र धाराको पानीमा जीवन निर्वाह गर्ने मानिस जाती अहिले आएर त्यहि खोला र जमिनको पानीलाई प्रशोधन गरेर मानिसका लागि पिउन योग्य बनाइ रहेका छन । झन मानिसहरुको घना बसोबास भएका क्षेत्रहरुमा पानीको धेरै अभाव छ । जमिनमुनीको पानीमा धेरै
बस्तीका मानिसहरु आत्मा निर्भर छन । यो उनी लागि बाध्यता हो ।
यहि बाध्यताका भुमरीमा छन, काठमाडौं उपत्यका बासीहरु । काठमाडौं उपत्यका भित्रका साना पानीका स्रोतहरु क्रमश सुक्दै जानु र जमिन भित्रको पानीमा आत्मा निर्भर काठमाडौं उपत्यका बासीको बाध्यता हो । यहि उपत्यका बासीको पानीको तृष्णा पुरा गर्न पर्ने कर्तव्य, बाध्यता र दायित्व छ, काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा ।
पानीका क्षेत्रमा विशेष दख्खल राख्ने इन्जिनियर मिलन कुमार शाक्य लामो समय यहि काठमाडौको खानेपानीका क्षेत्रमा काम गरेर अनुभब बटुलेका एक कुशल, क्षमतावान र अनुभवले खारिएका इन्जिनियर हुन ।
बिगत लामो समयदेखि व्यवस्थापन र कर्मचारीहरु वीच रिक्तता र तिक्तताहुदै आएको संस्था हो, काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल) । यहाँ कर्मचारीहरुको संख्या भन्दा धेरै युनियनहरुको संख्या छ भन्दा पनि फरक नपर्ला किन कि ? वर्तमान अवस्थामा पनि अस्तीत्वमा ५ बटा युनियनहरु क्रियाशिल छन । व्यवस्थापनका अधिकारीहरुसमेत जोड्दा करिब ९ सयकै हाराकरीमा कर्मचारीहरुको दरबन्दी भएको केयूकेएललाई जोगाइराख्न कमैको ध्यान गएको देखिन्छ ।
यहाँ रहेको भ्रष्टाचार र अनियमिततालाई न्युनिकरण गर्दै केयूकेएललाई पब्लीक कम्पनी बनाउदै जनतालाई शेयर वितरण गर्ने महत्वकांक्षी योजना लिएर केयूकेएलको सिइओ भएका मिलनकुमार शाक्य व्यवस्थापन र कर्मचारी युनियनहरुको आशातित सहयोग र सुझाव नपाएपछि रनझुल्लमा परेका छन । सिइओ शाक्यको एक वर्षको कार्यकाल पुरा भएको छ । उनी दोस्रो वर्षमा प्रबेश गरेका छन । उनको पहिलो वर्षलाई मुल्याङन गर्ने हो भने केहि केयूकेएलका शाखाहरुमा हुने केहि अनियमित काम बाहेक अन्य पक्ष सफल नै मान्न सकिन्छ ।
उपत्यकाबासीको सपना बनेकेको मेलम्चीको पानी शाक्यकै कार्यकालको पहिलो वर्षमा आएको छ । यहि पानी वितरणको जिम्मेवारी पाएको केयूकेएलले खानेपानीको पुरानै सिस्टमबाट जनताका घरदैलोमा खानेपानी वितरण गरेर असफल कर्मचारीहरु भन्ने पुरानो विल्ला झिक्न केयूकेएल सफल भएको छ ।
मेलम्चीमा भएको दैवीप्रकोपका कारण अहिले मेलम्चीको पानी काठमाडौंमा आउन सकेको छैन तर, पनि जनतालाई खानेपानीको सहज आपुर्तिका लागि सिइओ शाक्यको प्रयास प्रसंशा योग्य नै रहेको छ ।
जनताका कामलाई मध्यभागमा राखेर काम गर्दा आफ्नै समुह र कर्मचारीहरुका केहि काम पुरा हुन नसकेको अवश्य पनि होला । तर, धमिलो पानीमा माछा मार्ने केहि स्वार्थी, व्यत्तिगत महत्वकाक्षा बोकेका मानिसहरुको चंगुलमा कर्मचारी युनियनका नेताहरु फस्दा शाक्यको यो काठमाडौंका जनतालाई स्वच्छ, सफा र स्वस्थ्य पानी वितरणको काममा बाधा अवश्य पनि परेको छ ।
शाक्य यतिखेर दुई ढुगाको च्यापमा परेर पनि काठमाडौं उपत्यका बासीलाई स्वच्छ, सफा र स्वस्थ्य पानी वितरणका लागि संर्घष गरिरहेका छन । कर्मचारी युनियनहरुका जायज र सहि माग पुरा गराउनु उनको कर्तब्य र दायित्व दुवै हो । तर, उनको एक्लैको बल र बुताले यो सम्भव छैन । काठमाडौ. उपत्यका खानेपानी लिमिटेड एउटा कम्पनी हो । यो कम्पनीमा सेयर होल्डर छन । उनी भन्दा माथि काठमाडौं उपत्यका खानेपानी लिमिटेड वोर्ड छ । यसका स्टेक होल्डरहरु पनि छन । यो अर्थ सरकारी कम्पनी हो । यसमा सरकारी निकायको पनि प्रभाव पर्दछ । यहि हुदाँ हुर्दै पनि बोर्डमा कर्मचारी युनियनका मागलाई प्रबेश गराएर बोर्डले आवश्यक प्रकृया अगाडि बढ्दा पनि युनियनहरुले आन्दोलन स्थगन नगरि थप आन्दोलनका कार्यक्रम ल्याउनुले कर्मचारी युनियनका नेताहरु कर्मचारीहरुका माग भन्दा अन्य विषयतिर केन्द्रित त भएका होइनन भन्ने एउटा गम्भिर प्रश्न अगाडि आएको छ ।
बोर्डले कर्मचारीहरुका मागलाई आफ्नो दायित्वमा लिइसकेपछि कर्मचारीहरुले आन्दोलनलाई स्थगन गर्दै कसरी व्यवस्थापन र वोर्ड लगाएर सरोकारवालालाई विश्वासमा लिने तर्फ लाग्नु पर्नेमा थप गैर जिम्मेवार हुन मिल्छ कि मिल्दैन ?
कम्पनीमा भएको समस्याहरु, मिटर रिडर गराउने, महसुल बढी उठाउने र भ्रष्टाचार र अनियमितता र्निमुल बनाउने तर्फ योजना बनाएर माग पुरा गराउन थप बातावरण बनाउनु कर्मचारीहरुको कर्तव्य र दायित्व हैन ? कर्मचारी नेताहरु आफै धामी र आफै बोक्सी हुन मिल्छ कि मिल्दैन ? कर्मचारी युनियनहरुका अध्यक्षले तोक लगाउने, कर्मचारी सरुवामा गर्ने, चेक काट्ने जस्ता काम व्यवस्थापन भित्र पर्दछ कि पर्दैन ?
भएको उपलब्धीलाई संस्थागत गराउदै माग पुरागराउन कर्मचारी युनियनहरुले आजसम्मकै सहज र सरल सिइओ शाक्य पाउनु कर्मचारीहरुका लागि अहोभाग्य नै हो । युनियनका माग प्रति सक्रियहुदाँ बोर्डबाट सिइओ खाने गाली, अन्य स्टे होल्डरको असहयोग जस्ता असहज प्रति पनि कर्मचारी युनियनहरुले आत्मा समिक्षा गर्नु आवश्यक देखिएको छ ।
राम्रो ठाउमा बसेर आर्थिक आर्जनलाई छोडर संस्थाको उन्नती संस्था सुधारमा सिइओ शाक्यलाई सहयोग गर्नु के कर्मचारी नेताहरुको दायित्व पटक्कै होइन ?
यो लेखकको निजी विचार हो ? यसमा सम्पादकिय सहमती आवश्यक छैन ?
प्रतिक्रिया दिनुहोस्