काठमाडौं । करीब तीन हप्तादेखि आफ्ना मागहरु राखेर आन्दोलनरत केयूकेएलका युनियनका पाँच बटा गठबन्धनको तेस्रो चरणको आन्दोलन शुरु भएको छ । कर्मचारीहरुका मागका विषयमा केयूकेएल व्यवस्थापनले केयूकेएल बोर्डलाई जानकारी गराएपछि बोर्डले आन्दोलनरत कर्मचारीहरुलाई पत्र लेखेर मागहरुका विषयमा चणबद्ध रुपमा पुरा गराउदै लाने बताएको थियो । बोर्डले जारी आन्दोलन अन्त गर्न पनि युनियनहरुलाई आग्रह गरेको थियो तर, युनियनसँग आवद्ध कर्मचारीहरुले आन्दोलनलाई स्थगित नगरि झन केयूकेएलको मुख्य कार्यालयमा धर्ना दिएर मुख्य कार्यालयको कामकारवाहि ठप्प पारेका छन । आज बाट जारी मुख्य कार्यालय घेराउ र धर्ना कार्यक्रम एक हप्तासम्म चल्ने युनियनका नेता ओम ढकालले बताएका छन ।
प्रतिक्रिया दिनुहोस्