काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि सबैभन्दा बढी प्रतिस्पर्धाको पद सचिव हुने...

पुरा पढ्नुहाेस्

राष्ट्रसंघीय जलवायु सम्मेलनमा प्रधानमन्त्री देउवाले भाग लिने

4.89K
shares
khanepani bord

काठमाडौं । कात्तिक १५ गतेदेखि बेलायतमा आयोजना हुने राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप १६)मा प्रधानमन्त्री शेरबहादुर देउवासहितको नेपाली प्रतिनिधिमण्डलले भाग लिने भएको छ ।

नेपाल भ्रमणमा आएका कोप२६ का दूत तथा बेलायती कूटनीतिज्ञ केनओ फ्लार्टीले यस्तो जानकारी दिएका हुन् । सम्मेलनमा नेपालको तयारी र भाग लिने डेलिगेसनबारे उनले बिहीबार मुख्य सचिव शंकरदास बैरागीसँग छलफल गरेका थिए ।

मुख्य सचिव बैरागीले उक्त राष्ट्रसंघीय सम्मेलनमा प्रधानमन्त्री देउवाले भाग लिने कुराको जानकारी फ्लार्टी र बेलायती राजदूत निकोला पोलिटलाई दिएका थिए । कोप२६ नोभेम्बर १ देखि १२ सम्म बेलायतको ग्लास्गोमा आयोजना हुँदैछ ।

khanepani