काठमाडौँ । नेप्सेमा दोस्रो सर्किट ब्रेक लागेर शेयर कारोबार ४० मिनेटको लागि स्थगित भएको...

पुरा पढ्नुहाेस्

नायिका करिश्मा मानन्धरले सकिन् कक्षा १२ को परीक्षा, भन्छिन्–मानविकी सजिलो लाग्यो

5.01K
shares
khanepani bord

काठमाडौ । काठमाडौ अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ को परीक्षा सकेकी छिन्। शुक्रबार उनले कक्षा १२ को अन्तिम परीक्षा दिइन्।

मानविकी संकाय पढिरहेकी करिश्मा ललितपुर गोदावरी नगरपालिका टौखेलस्थित किटिनी कलेजमा अध्ययनरत् थिइन्।

करिश्मा एसइई सकेपछि आफ्नो घर नजिकैको किटिनी कलेज भर्ना भएकी छन्।

मानविकी संकाय आफूलाई सजिलो लागेको र यसमा उत्कृष्ट अंकसाथ पास हुने आत्मविश्वास उनले व्यक्त गरिन्।

‘म स्नाकत पनि यहीँ पढ्छु, मलाई यहीँ नजिक पर्छ,’ उनले भनिन्।

लामो समय कोरोना महामारीका कारण स्थगित भएर सञ्चालन भएको परीक्षा सक्दा आफू निकै फुर्सदिलो भएको अनुभव उनले गरेकी छन्।

‘म फिल्मी क्षेत्रमा काम गर्दै पढ्दै थिएँ, समानान्तर रूपमा मैले दुबै काम गरिरहेकी थिएँ,’ उनले भनिन्, ‘फ्रि महसुस भएको छ।’

विज्ञान, व्यवस्थापनभन्दा आफूले रोजेको संकाय निकै सजिलो लागेको उनले सुनाइन्।

‘पहिले एसइई दिनेबेला निकै डर लागेको थियो, अहिले कलेज जान नपाए पनि सजिलो लागेको छ,’ उनले भनिन्, ‘स्कुलमा धेरै विषय हुन्थे, अहिले पाँच वटामात्र छन्।’

स्कुल पढ्दा उनी एक घन्टाभन्दा लामो ड्राइभ गरेर जान्थिन्। यसरी जाँदा निकै गाह्रो भएकाले प्लस टु नजिकै पढेको र अब ब्याचलर पनि यहीँ पढ्ने उनले बताइन्।

नेपाली सिने क्षेत्रकी सदाबहार नायिका मानन्धर कक्षा ८ बाट पुन अध्ययनमा लागेकी थिइन्। पहिले पढ्न नपाएकी उनले सजिलै एसइई पास गर्दै आफ्नो अध्ययनलाई निरन्तरता दिइरहेकी छन्।

IME
khanepani