काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि सबैभन्दा बढी प्रतिस्पर्धाको पद सचिव हुने...

पुरा पढ्नुहाेस्

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सुदूरपश्चिमका नेताहरूले १० बुँदे सहमति लागू नभएको भन्दै असन्तुष्टी व्यक्त गरे

4.29K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सुदूरपश्चिमका नेताहरूले १० बुँदे सहमति लागू नभएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् ।

शुक्रबार बैठक शुरू भएलगत्तै झपट रावलले सुदूरपश्चिममा १० बुँदे सहमति कार्यान्वयन हुन नदिइएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

उपाध्यक्ष भीम रावल र अर्का नेता भानुभक्त जोशीले पनि १० बुँदे सहमति कार्यन्वयनमा असमानता देखिएको भन्दै समान कार्यान्वयनको लागि अध्यक्ष केपी शर्मा ओलीको जवाफ मागेका थिए ।

तीन नेताले १० बुँदेबारे प्रश्न राखेपछि अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकलगत्तै स्थायी कमिटी बसेर सुदूरपश्चिममा देखिएको समस्या समाधान गर्ने आश्वासन दिएको एक केन्द्रीय सदस्यले बताए ।

आफूले बैठकमा राखेको भनाइबारे झपट रावलले बाहिर संवाददाताहरुलाई जानकारी गराए । ‘भदौ १० गते बसेको केन्द्रीय कमिटीको बैठक एकताको पहिलो बैठक हो,’ आफूले बैठकमा राखेका भनाइबारे उनले भने, ‘त्यो १० बुँदे सहमति कार्यान्वनयको बैठक पनि थियो । त्यसपछि १३ गते अन्तर पार्टी निर्देशन समेत जारी गरेको थियो ।’

रावलले थपे, ‘यसलाई व्यवहार नउतारिएको हुनाले यसको बारेमा के हो ? नेतृत्व तहका बीचमा यसबारेमा एक रुपता नभएको हुनाले यसबारे प्रष्ट पारियोस्, त्यसपछि अन्य विषयमा छलफल गरौं भनेर मैले पार्टी अध्यक्षसँग माग गरेँ ।’

अध्यक्षले दिएको जवाफबारे जानकारी गराउँदै उनले भने, ‘पार्टी अध्यक्षले यसलगत्तै स्थायी कमिटी बैठक बस्नेछौं र त्यहाँ छलफल गर्नेछौं ।’

khanepani