अफ्रिदीले बलिङ गरेको छैटौं ओभरमा पवनले एक छक्का र एक चौकासहित १२ रन जोडे

काठमाडौं । काठमाडौंमा शनिबार शुरु भएको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीको बलिङमा नेपालका खेलाडी पवन सर्राफले छक्का र चौका प्रहार गरेका छन् ।

अफ्रिदीले बलिङ गरेको छैटौं ओभरमा पवनले एक छक्का र एक चौकासहित १२ रन जोडे । उक्त ओभरमा ललितपुरले १४ रन जोडेको थियो । ईपीएलको उद्घाटन खेलमा काठमाडौं किंग्स-११ र ललितपुर प्याट्रओट्सबीच खेल भइरहेको छ । अफ्रिदीले काठमाडौंबाट खेलेका छन् ।

यो पनि पढ्नुहोस  २४ घण्टामा थप ३८० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६५९१ पुग्यो
९,आश्विन.२०७८,शनिबार १३:२२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: