ताप्लेजुङमा एक १८ वर्षीय युवतीको शव फेला

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका–७ मा एक युवतीको शव फेला परेको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान फुङलिङ नगरपालिका–४ स्थित भानु जन माविमा अध्ययनरत १८ वर्षीया पुष्पा तबेबुङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) बाल नरसिंह राणाले बताए ।

बिहीबार साँझ घरबाट हराएकी पुष्पाको शव नजिकै विषको बट्टा समेत फेला परेको डिएसपी राणाले जानकारी दिएका छन् ।

डिएसपी राणाका अनुसार चट्टानमाथि मृतकको झ्याकेट भेटिएको र शव चट्टानमुनि फेला परेको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

९,आश्विन.२०७८,शनिबार १४:३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्