प्रदेश १ र बागमती प्रदेशमा पनि छिटै सरकार परिवर्तन हुन्छ : रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले आफूहरुविरुद्धको मुद्दा किनारा लागेकाले अब छिट्टै सरकारमा सहभागी हुने बताइन् ।

राजनीतिक दलसम्बन्धी अध्यादेशको विरुद्धमा परेको रिटमा शुक्रबार सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि अब सरकारमा सहभागी हुने र पार्टीभित्रका अरु काम अघि बढाउन सहज भएको उनको भनाइ छ ।

शनिबार विराटनगरमा पत्रकारसँग कुरा गर्दैै उनले भनिन्, ‘हिजोदेखि मुद्दा किनारा लाग्यो, रिटको पक्षमा अन्तरिम आदेश जारी भएन । मु्द्दा लामो प्रोसेसमा गयो भनेपछि एउटा समयमा पुगेपछि रिट खारेजीको प्रक्रियामा गयो । यसले हामीलाई बाटो खुल्यो ।’

अब पार्टीको विभिन्न तहको कमिटी गठन गर्ने र सरकारमा सहभागी हुने सचिव झाँक्रीले बताइन् । सरकारमा कहिले सहभागी हुन्छ भन्ने प्रश्नमा उनले स्पष्ट जवाफ दिइनन् । ‘छिटो हुन्छ होला, समय तोकेजस्तै हो’ उनले भनिन् ।

सचिव झाँक्रीले प्रदेश १ र बागमती प्रदेशमा पनि छिटै सरकार परिवर्तन हुने बताइन् ।

९,आश्विन.२०७८,शनिबार १५:१३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्