नेकपा एकीकृत समाजवादी रामेछाप जिल्लाको अध्यक्षमा रमेशकुमार बस्नेतको नेतृत्वमा कार्यसमिति चयन

रामेछाप । नेकपा एकीकृत समाजवादी रामेछाप जिल्लाको अध्यक्षमा रमेशकुमार बस्नेतको नेतृत्वमा कार्यसमिति चयन भएको छ । एसपार्टीका नेता देवशंकर पौडेलले नवगठित कमिटी घोषणा गरेका हुन् ।

मन्थली नगरपालिकाका मेयरसमेत रहेका बस्नेतको नेतृत्वमा जिल्ला कार्यसमिति चयन भएको हो ।
उपाध्यक्षमा धनलाल योन्जन र रामबहादुर बुढाथोकी छन् भने सचिवमा लालसिंह घिसिङ चयन भएका छन् । २०९ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको छ ।

९,आश्विन.२०७८,शनिबार १८:४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्