सुुत्केरी महिलाको मृत्यु भएपछि धनगढीको नवजीवन अस्पताल तनावग्रस्त

धनगढी । सुुत्केरी महिलाको मृत्यु भएपछि धनगढीको नवजीवन अस्पताल तनावग्रस्त भएको छ ।

डोटीको शिखर नगरपालिका स्थायी घर भएर हाल धनगढी उपमहानगरपालिका-२ बस्दै आएकी २६ वर्षीय कल्पना मल्लको मृत्युुपछि आक्रोशित आफन्तले अस्पताल घेराउ गरेका छन् ।

शनिबार राति सुुत्केरी भएकी मल्लको अवस्था गम्भीर भएपछि आईसीयूूमा भर्ना गरिएकोमा आइतबार बिहान ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले बताए ।

एसपी अधिकारीका अनुसार मृतकका आफन्तले डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भन्दै अस्पताल घेराउ गरेका हुन् ।

पीडित पक्षबाट हुनसक्ने सम्भावित घटनालाई ध्यानमा राखेर प्रहरी परिचालन गरिएको बताउँदै एसपी अधिकारीले अहिले दुुवै पक्षबीच छलफल भइरहेको जानकारी दिए ।

मल्ल शनिबार बिहान ११ बजे अस्पताल भर्ना भएकी थिइन् । सुुत्केरी भइसकेपछि अवस्था जटिल बन्दा उनलाई चिकित्सकले आईसीयूमा भर्ना गरेका थिए । उपचारकै क्रममा कल्पनाको मृत्यु भए पनि शिशु भने सकुुशल रहेको प्रहरीले जनाएको छ ।

१०,आश्विन.२०७८,आईतवार १०:४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्