एमाले गठबन्धका अध्यक्ष नवलसिंह साउद विछिप्त भएर गुण्डागर्दिमा उत्रे,केयुकेएलमा सम्पादक ढकालमाथि हातपात

काठमाडौं । केयूकेएलका कर्मचारी युनियनका एमाले गठबन्धका अध्यक्ष नवलसिंह साउद विछिप्त भएर गुण्डागर्दिमा उत्रेका छन । उनले केयूकेएलमा अस्वभाविक रुपमा भ्रष्टाचार गरेर कमाएको धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्न थालेपछि विछ्प्ति भएका साउद राती निद्रामा पनि बरबराउने गरेको उनी निकट परिवारीक स्रोतले बताएको छ ।

एमाले र माओवादीको एकिकरण पछि बनेको कर्मचारी युनियनमा प्राविधिकरुपले अध्यक्षको चिठ्ठा परेका साउँदले यहि पदलाई अनाधिकृतरुपमा दुरुपयोग गर्दै आएका छन । सुन्दरीघाटमा रहेको केन्द्रिय स्टोरमा रहेका बेला बाग्मती खोलाले स्टोर बगाएरको बहानामा अबैध धन आर्जन गर्न पल्केका साउद त्यसपछि लगातार स्टोर र खरिद प्रमुख हुर्दै आएका छन । यदि कमाउने ठाउँ नपाएमा सिइओलाई समेत हातपात गर्न र धाक धम्की दिने गरेको बुझिएको छ ।

साउदले लाउलाखेलको खरिद प्रमुखहुदाँ समेत केयूकेएलका पुराना पाइप र फिटिङ सामान ठेकेदारलाई बेचेर अबैध धन आर्जन गरेका थिए । उनले आफ्नो कर्तुत लुकाउन उमा उप्रेतीलाई स्टोर प्रमुख बनाएर आफु महांकाल चौरको खरिद र प्रशासन प्रमुख भएका छन । उमालाई जाउलाखेलबाट त्रिपुश्वर सरुवा गरेपछि साउद र केयूकेएलका सिइओ बीच सम्बन्धमा केहि चिसो आएको थियो । यहि इगोसाध्नकै लागि साउदले आफुसहित पाच बटा युनियनलाई अनेक प्रलोभनमा पारेर आन्दोलनको नाटक गरिरहेका छन । खानेपानी जस्तो संबेदनशिल क्षेत्रमा आन्दोनल, हडताल जस्ता गतिविधिलाई राज्यले निषेध गर्दा गर्र्दै साउद कम्पनीले आफ्नो अपराध ढकाछोप गर्न आन्दोलनको नाकट गरेको भन्नेहरुको संख्य केयूकेएल धेरै छन ।

आफ्नो भ्रष्टाचारको पाप छोप्न केयूकेएलमा निष्ठाको युनियन चलाउनेहरुलाई गोलमोटोल पारेर नेपाली जनता अनलाइन पत्रिकाका सम्पादक यज्ञ ढकाल विरुद्ध साझाँ बक्तmब्य निकाल्ने प्रयासमा कुठाराघात भएपछि उनी आज युनियनहरुको आन्दोलनको रिपोटिङ गर्न स्वतन्त्र युनियनका अध्यक्ष गोपालसिंह धामीको आग्रह अनुसार पुगेका नेपाली जनता अनलाइन पत्रिकाका सम्पादक यज्ञ ढकालमाथि अश्वाभाविकरुपमा आक्रमण गरेका छन । उनले कर्मचारीहरुको वीचमा अपशब्द समेत प्रयोग गरेका छन । उनको यो आफ्नो अपराध लुकाउन केयूकेएलका सबै. कर्मचारीहरुलाई समेत बद्नाम गराउने प्रयासका रुपमा नेपाली जनता पत्रिकाले लिएको छ । यस्ता अपराधिलाई कानुनी कठघरामा पुर्याउने हाम्रो प्रयास जारी रहने छ । उनका विरुद्ध सम्पत्ति सुद्धिकरण विभागमा उजुरी समेत आजै दर्ता गरिएको छ । उनका विरुद्ध नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले समेत कारवाहिको माग गर्दै विज्ञप्ती निकाल्ने तयारी गरिरहेको बुझिएको छ ।

तत्काल आन्दोलनरत कर्मचारी युनियनहरुलाई साउद जस्ता दुष्टलाई आन्दोलनको मोर्चामा सामेल गराउदा आन्दोलनको मर्म र भावनामा समेत कुठाराघात हुन सक्ने तर्फ सचेत रहन हामि आग्रह गर्दछौं ।

उनले सम्पादक ढकाललाई हातपात गर्दा युनियनका नेता ओम ढकाल र अर्का युनियनका अध्यक्ष सन्त बोहोराले छुट्याएकोमा नेपाली जनता उनीहरु प्रति आभार ब्यक्त गर्दै धन्यवाद दिन चाहन्छ ।

१०,आश्विन.२०७८,आईतवार १२:४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्