मोरङमा प्रहरीले १७ केजी अवैध लागू औषध गाँजासहित एकजना महिलालाई गरे पक्राउ

मोरङ। मोरङ प्रहरीले १७ केजी अवैध लागूऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका-१४ जतुवा बस्ने २५ वर्षीया आरती देवी यादव रहेका छन् ।

घरमा लागूऔषध लुकाइ राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई १७ केजी अवैध लागूऔषध गाँजासहित शनिबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

१०,आश्विन.२०७८,आईतवार १२:४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्