संसदीय समितिले माग्यो, मणिपाल शिक्षण अस्पताल किनबेचको सम्झौतापत्र

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले पोखराको मणिपाल शिक्षण अस्पताल किनबेचको सम्झौतापत्र उपलब्ध गराउन निर्देशन दिएको छ ।

आइतबार बसेको समितिको बैठकले मणिपालको शेयर किनबेचको सम्झौता उपलब्ध गराउन र बेचविखन भएको हो वा होइन जानकारी गराउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

भारतीय लगानीकर्ताको स्वामित्वमा रहेको मणिपाल पोखराका दुई व्यवसायीले किनेको सार्वजनिक भएको थियो ।

१०,आश्विन.२०७८,आईतवार १४:१८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्