काठमाडौँ । बंगलादेशमा आज नयाँ सरकार गठन हुदैछ । गत विहिबार सम्पन्न निर्वाचनमा दुई...

पुरा पढ्नुहाेस्

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

4.64K
shares
khanepani bord

काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बर्दिया र बाँकेका गरी दुई जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

बर्दियाको बारबर्दिया नगरपालिका ४ का ७२ वर्षीय वृद्धको शनिबार राति ९ः३० बजे मृत्यु भएको हो । उनीमा भदौ ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै शनिबार बाँकेको कोहलपुर नगरपालिका ५ का २२ वर्षीय युवकको राति १ः३० बजे मृत्यु भएको ओलीले बताए । उनीमा असोज ४ गते संक्रमण पुष्टि भएको थियो ।

IME
khanepani