काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण पुष्टि

5.15K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार गरिएको एन्टिजेन र पीसीआर परीक्षणमा आफूमा कोरोना पोजेटिभ पुष्टि भएको सामाजिक सञ्जाल ट्वीटरमार्फत खड्काले जानकारी दिएका छन् ।

महामन्त्री खड्कामा असोज ८ गते ४ बजेदेखि ज्वरो, खोकी लगायतका स्वास्थ्य समस्या देखिएको थियो ।

धेरै सतर्कताका बाबुजुद पनि आफूलाई कोरोना संक्रमण भएको भन्दै महामन्त्री खड्काले आफ्नो क्लोज कन्ट्याकमा रहेका व्यक्तिहरुलाई सचेत रहन आग्रह समेत गरेका छन् ।

IME
khanepani