काठमाडौं । सधैँ आक्रामक र प्रत्यक्ष राजनीतिक भाषाशैलीका लागि परिचित नेकपा एमालेका अध्यक्ष केपी...

पुरा पढ्नुहाेस्

कालो धनलाई प्रश्रय दिने र वास्तविक लगानीकर्तालाई निरुत्साहित गर्नेछ ,यसमा हाम्रो आपत्ति छ र तत्काल फिर्ता लिन माग गरेका छौं : योगेश भट्टराई

4.45K
shares
khanepani bord

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले आयस्रोत नखुलाई लगानी गर्न पाइने बजेटको व्यवस्थाप्रति आपत्ति जनाएको छ ।

एमाले केन्द्रीय कमिटीको आइतबार सकिएको बैठकले आफ्नो विरोधका बीच बलजफ्ती बजेट पास गरेको र त्यसमा आयस्रोत नखुलाई लगानी गर्न पाइने प्रबन्ध गरिएको भन्दै आपत्ति नजाएको छ ।

यो संविधान र नेपालले गरेका सन्धि तथा अनुबन्धहरु विपरीत भएको एमालेको ठहर छ । बजेटमार्फत गरिएको यो प्रबन्धले नेपाल कुनै पनि बेला कालोसूचीमा पर्न सक्ने भन्दै एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘यसले कालो धनलाई प्रश्रय दिने र वास्तविक लगानीकर्तालाई निरुत्साहित गर्नेछ । यसमा हाम्रो आपत्ति छ र तत्काल फिर्ता लिन माग गरेका छौं ।’

IME
khanepani