काठमाडौं । महानगरीय अपराध महाशाखाले क्यानडामा फुड प्याकेजिङमा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका-१० का ३६ वर्षीय नगेन्द्र विश्वकर्मा र सुनवर्षी नगरपालिका-८ बस्ने ३७ वर्षीय प्रवेज आलम रहेका छन् ।
उनीहरुले पीडित झापा कमल गाउँपालिका-६ घर भइ काठमाडौं बानेश्वर बस्ने आशिष काफ्लेलाई क्यानडामा फुड प्याकिङको लागि मासिक तलब २ लाख २५ हजारमा लाखमा जागिर लगाइदिने भन्दै आइएमइ र सिटी एक्सप्रेसमार्फत उक्त ३ लाख पठाउन लगाइ ठगी गरेको प्रहरीको दाबी छ ।
पक्राउ परेका उनीहरु दुवैजनालाई ठगी सम्बन्धि कसूरमा आवश्यक अनुसन्धान कारबाहीको लागि प्रहरी परिसर काठमाडौंमा पठाइएको अपराध महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्