टिरपको ठक्करले जनकपुरधाममा एकजना भारतीय नागरिकको मृत्यु

Ashish Gautam
ashish@nepalijanta.com

जनकपुरधाम । टिरपको ठक्करले जनकपुरधाममा एकजना भारतीय नागरिकको मृत्यु भएको छ । ठक्कर दिने टिपरमा स्थानीयले आगजनी गरेका छन् ।

जनकपुरधाममबाट ढल्केबरतर्फ जाँदै गरेको ना.७ख ४६४८ नम्बरको टिपरले पिडारी चोकमा भारतीय नागरिक सबार ज ९ प १४९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करले भारतको बिहार राज्य अन्तर्गत मुजफ्रपुर जिल्ला साहेबगंज निवासी अन्दाजी ४० बर्षीय आनन्दकिशोर साहको मृत्यु भएको छ ।

ठक्करले गम्भीर घाइते भएका दासलाई उपचारका लागि प्रादेशिक अस्पताल लग्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घट्नापछि स्थानीयले टिपरमा आगजनी गरेका छन् । टिपरको अधिकांस भाग जलेको छ ।
ठक्कर दिने टिपरका चालकलाई नियन्त्रणमा लिइएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

यो पनि पढ्नुहोस  पेट्रोलियम पदार्थमा एक साताभित्र दुई पटक मूल्यवृद्धि
१०,आश्विन.२०७८,आईतवार १८:४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: