गुण्डागर्दिका नाइके साउद आन्दोनल छोड्ने अन्तिम तयारीमा, पत्रकारलाई हातपात गर्नेलाई कारवाहि गर्न पत्रकार महासंघको आग्रह

काठमाडौं । बिगत लामो समय देखि नेपाल खानेपानी संस्थान हुर्दै केयूकेएलसम्म अबैध अर्थ आर्जनको महत्वपुर्ण ठाँउमा बस्दै आएका केयूकेएल कर्मचारी संगठनका अध्यक्ष नवलसिह साउदलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ती शुद्धिकरण विभागमा धेरै उजुरी परेको समाचार स्रोतले दावी गरेको छ ।
काठमाडौ उपत्यका खानेपानी लिमिटेड(केयुकेएल)का एक नम्बरका भ्रष्टाचारी नवलसिंह साउद अछमबाट खालि खुट्टा काठमाडौं झरेका हुन । उनी काठमाडौं आएर खानेपानीमा काम गरेका एक सामान्य कर्मचारीले काठमाडौंमा आलिशान बंगला बनाउन सम्भव छ कि छैन ? सरोकारवालाको ध्यान अवश्य पनि समय क्रममा गएर कारवाहि हुने कुरामा केयुकेएलका कर्मचारीहरु आशावादी छन । यी खालि खुट्टेले भक्तपुरको ठिमिमा आलिशान बंगला बनाउनुका साथै धेरै ठाउँमा तीनपुस्तालाई पुग्ने घडेरी जोडेको उनी निकट स्रोतले दावी गरेको छ ।
आफु अनुकुल काम नहुदा कुनै समय कर्मचारी संगठनका अध्यक्ष मुकुन्द भण्डारीलाई पानीको बोतलले हानेर आत्मा बल बढाएका भ्रष्टाचारका शिरोमणी साउदले स्वतन्त्र कर्मचारी यूनियनका अध्यक्ष गोपालसिंह धामीलाई समेत आधिकारी टे्रडयुनियनको निर्वाचनको निर्णय श्रम कार्यालयले गरेका दिन कुट्न अगाडि सरेको सत्य तथ्यलाई केलाउने हो भने यी केयुकेएलका सेतो वस्त्रधारी गुण्डा भन्दा पनि फरक नपर्ने कर्मचारी संगठनका नेताहरुले बताएका छन ।
महांकालचौरको पाइप, फिटिङका समान हिनामिना गरेका महाभ्रष्ट साउदले महाँकाल चौरको पाइप, फिटिङका समान खरिदमा गरेको भ्रष्टाचारको पोल खुल्ने डरले आफु अनुकुल नहुने कर्मचारीहरुलाई सरुवा गर्न सफल पनि उनी आफै गाडिमा हिड्दा समेत त्यो भ्रष्टाचारको पापले र्बबराउने गरेको पनि थाहा भएको छ । उनी अनियमित ढंगबाट आर्जन गरेको सम्पत्तीको डाहाँले रातदिन छट्पटाउने गर्दछन ।
केयुकेएलको जारि आन्दोलन स्थगन गराउन व्यस्थापनसँग आफु र निकटका कर्मचारीहरुको सरुवाको सेटिङ मिलाउने अन्तिम चरण पुगेका यी भ्रष्टाचारीले युनियन चलाउन शाखा शाखाबाट धाक धम्की दिएर पैसा समेत उठाउने गरेको एक शाखा प्रमुखले कुराकानीको शिलशिलामा बताएका छन । तर, उनले आफ्नो नाम गोप्य राखिदिन आग्रह गरेका कारण यहि स्रोत खुलाइएको छैन । शाखामा हुने स साना ठेक्काका टेण्डरमा समेत कमिशन खाएर लुकाउने पत्रिकामा विज्ञापन गर्ने यी कमिशन खोर नयाँ बनेको भवनको डेकोरेशनमा समेत दुई ठाउँबाट पैसा लिएर एक ठाउँको बीलमात्र बनाए खाएको महाँकाल चौर शाखा स्रोतले दावी गरेको छ ।
महाँकाल चौरमा लिक मर्मतमा साउदको सेटिङमा करिब २० बटा फर्मको वीलमात्र बनाएर ठेकेदार र फर्मवालाई २८ प्रतिशत दिएर करिब ७२ प्रतिशत शाखामा भागबण्डा गरेको पनि समाचार स्रोतले दावी गरेको छ । ठेकेदारहरुलाई पुराना सामान दिएर नयाँ सामान नै नकिनीकन वील बनाउने काम पनि साउद गदै आएको बुझिएको छ ।
केयुकेएलको जारि आन्दोलन तुहाउन अनेक तिक्डम गर्दै आएको साउँदले बोर्ड र व्यवस्थापनलाई जुधाएर आफु फाइदा लिने काम गर्दै रहेको बुझिएको छ । बोर्डका सदस्यहरुलाई रातदिन फोन गरेर हैरान पारेको एक वोर्ड सदस्यले बताएका छन । बोर्डका सदस्यहरुलाई तपाई प्रबन्धक निर्देशक भएर आउनुसम्म भन्ने गरेको ती बोर्ड सदस्यले आफुनिकटसँग भन्ने गरेका छन । केयूकेएलका सिइओकै हात काटेर खाने दाउमा लागेका साउदको दुइ जिब्रे कुरामा सबै सरोकारवालाहरु चनाखो हुन पर्ने केयूकेएलका कर्मचारीहरुका नेताहरुको तर्क रहेको छ । उनी राती राती व्यबस्थापन र वोर्डका अधिकारीहरुलाई एक्लै गएर भेट्ने गरेको रहस्य पनि खुल्दै जाने भएको छ ।
साउदले आफुनो अपराध लुकाउन केयूकेएलका कर्मचारी युनियनहरुका अध्यक्ष र अन्य पदाधिकारीहरुलाई सहमत गराएर बा झुक्काएर नेपाली जनता अनलाईन पत्रिका विरुद्ध संयुक्त विज्ञप्तीको प्रयास गरिरहेका छन । तर, उनको यो सडेन्त्रयुक्त प्रयास दुई पटक असफल भइसकेको छ ।
उनलाई कर्मचारी संगठनको अध्यक्षबाट हटाउन भित्र भित्र गोप्य बैठकहरु समेत बसिरहेको बुझिएको छ । साउदलाई साथमा राखिरहने हो, भने संगठनको पुरानो इमेज धुलोमा मिलाउदै लगेको आरोप पनि उनीहरुले लगाएका छन । उनी नेकपा बैद्यका कार्यकर्ता भएका कारण उनलाई उतै पठाउने तयारी भइरहेको बुझिएको छ । भ्रष्टाचारी र पदियमर्यादा काम राख्न नसक्ने पटमुर्ख रहेको कर्मचारी नेताहरुको तर्क रहेको छ ।
नेपाली जनता अनलाइन पत्रिकाका सम्पादक कर्मचारीहरुको आन्दोलनको समाचार संकलर्थ केयुकेएल मुख्य कार्यालयमा पुगेका समयमा संगठनका अध्यक्ष गुण्डा नाइके नलवसिंह साउदले अमर्यादित व्यवहार गरेका छन । उनले हातपात गर्ने असफल प्रयास समेत गरेको विषयमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले एक विज्ञप्ती निकालेर साउदलाई कडा कारवाहि गर्न प्रहरी प्रशासनसँग जोडदार माग गरेको छ । यहि कारवाहि नगरि कडा सर्घषका कार्यक्रम गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
पत्रकार ढकालमाथि हातपात गर्ने कर्मचारीलाई कारवाहीको माग
पत्रकार ढकालमाथि हातपात गर्ने कर्मचारीलाई कारवाहीको माग

सम्पादक ढकालमाथि हातपात गर्ने कर्मचारीलाई कारवाहीको माग
रिपोटिङको क्रममा पत्रकारमाथि आक्रमण
https://nepalijanta.com/article/184276.html

११,आश्विन.२०७८,सोमबार ०८:४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्