काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी जनताको बिचमा साँघुरिने, खुम्चिने, आइशोलेशनमा जाने...

पुरा पढ्नुहाेस्

नेकपा एमालेको स्थायी कमिटी बैठक च्यासलस्थित तुलसीलाल स्मृति भवनमा जारी, १० बुँदे कार्यान्वयनबारे छलफल गर्ने निर्णय

4.67K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ । च्यासलस्थित तुलसीलाल स्मृति भवनमा स्थायी कमिटी बैठक बसिरहेको हो ।

बैठकमा दश बुँदे कार्यान्वयन र विधान महाधिवेशनको तयारीबारे छलफल भइरहेको एक नेताले बताए । ८ भदौको स्थायी कमिटी र १० भदौको केन्द्रीय कमिटी बैठकले दश बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

तर दश बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि देखिएको छ । सूदुरपश्चिम, बागमती र प्रदेश २ मा विवाद देखिएको छ । २ जेठ २०७५ अगाडि सूदुरपश्चिममा भीम रावल र बागमतीमा अष्टलक्ष्मी शाक्य इन्चार्ज थिए । तर अहिले सूदुरपश्चिममा लेखराज भट्ट र बागमतीमा रामबहादुर थापा बादल इन्चार्जका रुपमा सक्रिय छन् ।

प्रदेश २ का जिल्लाहरुमा पनि १० बुँदे अनुसार, पार्टी संरचना बन्न नसकेको नेताहरुले बताएका छन् । केन्द्रीय सदस्य मनोनित गर्नेबारे पनि बैठकमा छलफल हुँदैछ । माधव नेपाल छोडेर एमालेमै बसेका नेताहरुका तर्फबाट केन्द्रीय कमिटीको १० प्रतिशत केन्द्रीय सदस्य मनोनित गर्ने सहमति भएको छ ।

यसबाहेक १५–१७ असोजमा तय गरिएको विधान महाधिवेशनको तयारीबारे पनि बैठकमा छलफल हुँदैछ ।

khanepani