नेकपा एमालेको स्थायी कमिटी बैठक च्यासलस्थित तुलसीलाल स्मृति भवनमा जारी, १० बुँदे कार्यान्वयनबारे छलफल गर्ने निर्णय

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ । च्यासलस्थित तुलसीलाल स्मृति भवनमा स्थायी कमिटी बैठक बसिरहेको हो ।

बैठकमा दश बुँदे कार्यान्वयन र विधान महाधिवेशनको तयारीबारे छलफल भइरहेको एक नेताले बताए । ८ भदौको स्थायी कमिटी र १० भदौको केन्द्रीय कमिटी बैठकले दश बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

तर दश बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि देखिएको छ । सूदुरपश्चिम, बागमती र प्रदेश २ मा विवाद देखिएको छ । २ जेठ २०७५ अगाडि सूदुरपश्चिममा भीम रावल र बागमतीमा अष्टलक्ष्मी शाक्य इन्चार्ज थिए । तर अहिले सूदुरपश्चिममा लेखराज भट्ट र बागमतीमा रामबहादुर थापा बादल इन्चार्जका रुपमा सक्रिय छन् ।

प्रदेश २ का जिल्लाहरुमा पनि १० बुँदे अनुसार, पार्टी संरचना बन्न नसकेको नेताहरुले बताएका छन् । केन्द्रीय सदस्य मनोनित गर्नेबारे पनि बैठकमा छलफल हुँदैछ । माधव नेपाल छोडेर एमालेमै बसेका नेताहरुका तर्फबाट केन्द्रीय कमिटीको १० प्रतिशत केन्द्रीय सदस्य मनोनित गर्ने सहमति भएको छ ।

यसबाहेक १५–१७ असोजमा तय गरिएको विधान महाधिवेशनको तयारीबारे पनि बैठकमा छलफल हुँदैछ ।

११,आश्विन.२०७८,सोमबार १२:४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्